जिल्ला प्रशासनमा सेवाग्राहीकै पोसाक तोक्ने तयारी

काठमाडौँ — गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसाधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ ।

जिल्ला प्रशासनमा सेवाग्राहीकै पोसाक तोक्ने तयारी

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए । ‘कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो,’ उनले भने, ‘यसबारे केही निर्णय त भएको छैन, छलफल भने चलाएका छौं ।’

मर्यादित पोसाक भनेको कस्तो हो, त्योचाहिँ यकिन भइसकेको छैन । विस्तृत छलफलपछि पोसाक टुंगो लगाइने मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले शुक्रबार सेवाग्राहीलाई मर्यादित पोसाकमा आउन सूचना जारी गरेका छन् । मर्यादित पोसाकमा नआउनेलाई प्रवेशमै रोक लगाइने चेतावनीसमेत सूचनामा दिइएको छ ।

मन्त्रालयले तत्काल त्यो व्यवस्था लागू नगर्न कास्की प्रशासनलाई पत्राचार गरेको जानकारी प्रवक्ता सुवेदीले दिए । ‘त्यो व्यवस्था गर्नेचाहिँ हो र राम्रो पनि हो,’ उनले भने, ‘अहिले छलफलकै चरणमा छ, बेला भइसकेको छैन । त्यसैले जिल्ला प्रशासन कार्यालय कास्कीलाई कार्यान्वयन नगर्न भनेका छौं ।’

प्रकाशित : भाद्र १०, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?