कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

किशाेरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति र सुरक्षा प्रमुखको कामको पर्खाइ

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको अनुसन्धानप्रति अविश्वास जनाउँदै महेन्द्रनगरमा चर्किएको आन्दोलन शुक्रबार केही कम भएको छ ।

किशाेरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति र सुरक्षा प्रमुखको कामको पर्खाइ

बजार क्षेत्रको आन्दोलन गाँउतिर केन्द्रित भएको छ । बेलौरी, कृष्णपुर, बेलडाँडी र सुकासालमा स्थानीयले टायर बालेर यातायात अवरुद्ध पार्नुका साथै प्रदर्शन गरेका छन् ।


सुरक्षा नेतृत्व फेरिएकाे र उच्चस्तरीय छानबिन समिति समेत गठन भएकाले महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन कम भएको छ ।

नयाँ आएका सुरक्षा निकाय प्रमुख र उच्च स्तरीय छानबिन समितिले अब गर्ने कामको प्रतिक्षामा स्थानीय छन् ।


गत मंगलबारदेखि चर्किएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था सृजना भएको थियो । बिहीबार दिउँसो प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा ६ जना घाइते भएका छन् । प्रहरीतर्फ पनि ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।


उक्त घटनापछि स्थानीय प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको थियो । कर्फ्युको समय सकिएपछि बजार क्षेत्रमा सामान्य बनेको छ । महेन्द्रनगर बजार क्षेत्र आज चौथो दिन पनि बन्द नै छ । यातायात पनि सुचारु हुन सकेको छैन ।


नयाँ आएका एसपी कुबेरसिंह कठायत र डिएसपी कृष्णराज पाठक जिल्ला हाजिर भइसकेका छन् भने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी बाटोमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अवस्था सामान्यीकरण भएकाले अब सबै पक्षसँग समन्वय भइरहेको बताए ।

प्रकाशित : भाद्र ८, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?