किशोरी बलात्कार प्रकरण: आरोपी सार्वजनिक पछि झन् चर्कियो आन्दोलन

अपराधी जोगाउन नक्कली अपराधी सार्वजनिक गरिएको आरोप
भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले नक्कली हत्यारा सार्वजनिक गरेको भन्दै महेन्द्रनगरबासी आन्दोलित बनेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी भीमदत्त नगरपालिका-१९ बाग्फाँटाका ४१ वर्षीया दीलिपसिंह विष्टलाई बलात्कारपछि हत्या आरोपमा सार्वजनिक गरेको थियो । 

किशोरी बलात्कार प्रकरण: आरोपी सार्वजनिक पछि झन् चर्कियो आन्दोलन

प्रहरीको उक्त कदमप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले वास्तविक दोषीलाई जोगाउन मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै मंगलबार बिहानैदेखि स्वतस्फूर्त रुपमा बजार बन्द गराएका छन् । स्थानीयले महेन्द्रनगरमा नारा जुलुस सहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

नगर क्षेत्रका व्यापारी, विद्यार्थी र सर्वसाधारण सबै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले यातायात पनि बन्द गराएका छन् ।

आइतबारदेखि अपराधी पत्ता लगाउनुपर्ने माग सहित नागरिक समाजका अगुवाहरुले सुरु गरेको रिले अनसन पनि जारी छ । सामाजिक सञ्जालमा समेत प्रहरीले मानसिक अवस्था ठिक नभएकालाई देखाएर अपराधि जोगाउन खोजेका भन्दै व्यापक विरोध भइरहेको छ ।


प्रकाशित : भाद्र ५, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?