नेकपाको दियो पार्टी एकता कार्यदललाई भदौ ७ गतेसम्मको म्याद 

काठमाडौँ — नेकपाले पार्टी एकताको प्रस्ताव तयार गर्न गठित कार्यदललाई भदौ ७ गतेसम्मका लागि समय थप गरेको छ । 

नेकपाको दियो पार्टी एकता कार्यदललाई भदौ ७ गतेसम्मको म्याद 

पार्टी एकता सम्बन्धि प्रस्ताव तयार गर्न गठित कार्यदलले केन्द्रमा प्रतिवेदन बुझाउन नसकेपछि नेकपाले समय थप गरेको हो । केन्द्रमा पार्टी एकता भएपनि प्रदेश,जिल्ला र जनवर्गीय संगठनहरुको एकता हुन सकेको छैन ।


तल्लो तहको पनि एकताको अन्तिम टुंगो लगाउने गरी तय गरिएको स्थायी समितिको बैठक पनि १० दिन पर सारिएको छ ।


नेकपाका प्रवक्ता नारयाणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठक भदौ १९ र २० गते बस्नेछ । यसअघि ८ र ९ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो ।


प्रदेश र जिल्लाका एकता सम्बन्धिको अन्तिम रिर्पोट तयार नभएकाले स्थायी कमिटीको बैठक पर सारिएको हो।

प्रकाशित : भाद्र ४, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?