१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्थानीय तहको भवनलाई ५ देखि १५ करोडसम्म

रासस/याेन्हाप

काठमाडौँ — स्थानीय तहले भवन निर्माण गर्न रु ५ करोडदेखि १५ करोडसम्म पाउने भएका छन् ।

स्थानीय तहको भवनलाई ५ देखि १५ करोडसम्म

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन ५ देखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।


मन्त्रालयले उक्त रकम बाँड्न अहिले 'स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५' ल्याउन लागेको छ ।


मन्त्रालयले महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई रु १० करोड, नगरपालिकालाई रु ८ करोड र गाउँपालिकालाई रु ५ करोड रकम दिने भएको छ । आफ्ना भवन नहुँदा स्थानीय तहलाई काममा समस्या भएको छ ।


'सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन हामीले बजेट विनियोजन गरेका हौँ ,' उनले भने ।


मन्त्रालयले सबै वडा कार्यालयका लागिसमेत बजेट विनियोजन गरेको छ । प्रवक्ता अधिकारीका अनुसार कार्यविधिमा महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु एक करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन एक करोड दिइने उल्लेख छ ।


सात सय ५३ स्थानीय तहमा करीब छ हजार ६६८ वडा कार्यालय छन् ।

प्रकाशित : श्रावण ३०, २०७५ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?