२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अखिल नेपाल फुटबल संघकाे विशेष साधारणसभा सुरू

रमेशकुमार पौडेल

चितवन — अखिल नेपाल फुटबल संघ (एन्फा)काे १७ अाैं विशेष साधारणसभा बुधबार साैराहामा सुरू भएकाे छ । प्रदेश-३ का मुख्यमन्त्री डाेरमणि पाैडेलद्वारा उद्घाटन गरिएकाे साधरणा सभाले विधानलाई संघीय प्रणाली अनुकुलकाे बनाउनुका साथै नियमावलीहरू पनि पारित गर्ने छ ।

अखिल नेपाल फुटबल संघकाे विशेष साधारणसभा सुरू

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार क्षेत्रीयस्तरकाे संरचनालाई प्रदेश तहकाे बनाउन विधान संशोधन हुनेछ ।

त्यसैगरी अार्थिक नियमावली, कार्य सञ्चालान, कर्मचारी प्रशासन नियमावली र खेलाडी दर्ता नियमावली साधरणासभामा पेश हुने अध्यक्ष शेर्पाले जानकारी दिए । एन्फाकाे अार्थिक नियमावली अहिलेसम्म थिएन । खेलाडी दर्ता नियमावलीमा अनलाइनबाट समेत क्लबले खेलाडी दर्ता गर्ने व्यवस्था गर्न लागेकाे उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?