बाढीपहिरोको प्रकोप: हिमाली जिल्ला मनाङ जाने बाटो बन्द

आश गुरुङ

लमजुङ — निरन्तरको बाढी र पहिरोले मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध बनेको छ । चामे पुग्नै लाग्दाको कोतोक्षेत्रमा पहिरोले डेढसय सय मिटर सडक बगाएको छ । बेंसीसहरबाट जाँदा करीब साढे ३ किलोमिटर पर चनौटे नजिकै उत्तीसघारी खरखरेमा पहिरो झरेपछि चामेबाट आउने र बेंसीसहरबाट जाने सवारीसाधन अलपत्र परेको छ ।

बाढीपहिरोको प्रकोप: हिमाली जिल्ला मनाङ जाने बाटो बन्द

मनाङमा पर्ने तिमाङखोला बढेपछि सवारी आवतजावत हुन नसकेको स्थानीयले बताएका छन् । लमजुङ खण्डको बीचबीचमा पनि पहिरो खसेकाले सवारी आवागमन सहज नभएको स्थानीयले बताएका छन् ।


चामे गाउँपालिका ३ मा पर्ने कोतोमा अर्कै बाटो बनाउनुपर्ने स्थिति आएको मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार उक्त बाटो भएर पुन: बाटो निर्माण गर्ने अवस्था छैन । डीएसपी खड्कबहादुर खत्रीका अनुसार आइतबार पहिरो खसेर सडक भासिएको थियो । सोमबार बनाएर बाटो सञ्चालन गरिएकोमा मंगलबार माथिबाटै पहिरो आएर सडक बगाएको उनले बताए । ‘तत्काल सडक खुल्ने चान्स नै छैन । मानिस हिँड्न समेत मुस्किल परेको छ,’ उनले भने ।


लमजुङतर्फ बेंसीसहर नगरपालिका ६, चनौटे नजिकै उत्तीसघारी खरखरेमा गएराती पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको लमजुङका डीएसपी यादव ढकालले बताए । उनका अनुसार पहिरो खसिरहेकाले मानिस समेत आउजाउमा समस्या परेको छ । सवारीसाधन अलपत्र परेका छन् ।


‘पहिरो पन्छाइरहेका छौं । पहिरो पन्छिएपछि लमजुङ क्षेत्र सहज हुन्छ,’ उनले भने, ‘बर्षातका समय ठूलो पाउने आउने वित्तिकै उक्त पहिरो झर्ने गरेको छ ।’ मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बेंसीसहर–चामे सडकमा खसेको पहिरो र बाढीले स्थानीयलाई मात्रै नभएर चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक साथै विद्यार्थीलाई समस्यामा पारेको बताए । उनका अनुसार करीब डेढसय मिटर सडक बगाएको पहिरोले त्रिचुङाल्डाका करीब १० घर उच्च जोखिममा पारेको छ । नजिकै पहिरो गएकाले कोतो समेत जोखिममा परेको उनले बताए ।


प्रकाशित : श्रावण ३०, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?