१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

खोलाले बगाएको दुई मृत पेला, अर्का एक बेपत्ता

कान्तिपुर संवाददाता

विराटनगर — मोरङको ग्रामथान गाउँपालिका ३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् । पौडी खेल्ने क्रममा चार दिनअघि स्थानीय १७ वर्षीय मिथुनकुमार मण्डल र ३५ वर्षीय गोपाल मुडियारी बगेर बेपत्ता भएका थिए । दुबैको शव मंगलबार पेला परेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएको दुई मृत पेला, अर्का एक बेपत्ता

यसैबीच, विराटनगर महानगरपालिका ४ स्थित केसलिया खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् । साथीहरुसँग पौडी खेल्न गएका महानगरपालिका १ का १९ वर्षीय सजिन रौनियार बेपत्ता भएका हुन् । प्रहरीका अनुसार स्थानीय बासिन्दा समेतको सहयोगमा उनको खोजी भइरहेको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?