कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दलित भएकाले जागिर खोसियो’

कान्तिपुर संवाददाता

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी–१ स्थित सरस्वती आधारभूत निमाविकी कार्यालय सहयोगी वृन्दा विश्वकर्माले दलित भएकैले जागिरबाट निकालिएको भन्दै उजुरी दिएकी छन् । यसबारे अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

‘दलित भएकाले जागिर खोसियो’

विश्वकर्माले जिल्ला प्रशासन, जिसस, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोगसम्म गुहार मागेकी थिइन् । उनका अनुसार कार्यालय सहयोगीबाट शिक्षक पदमा जागिर दिने भन्दै प्रअ रोशन ढकालले राजीनामा दिन लगाएका हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष छत्र बजिमयले समेत शिक्षक बनाउने आश्वासन दिएका थिए ।

‘हेडसरले साउन १ देखि शिक्षक बनाउने आशा देखाएर राजीनामा दिन लगाउनुभयो,’ उनले भनिन्, ‘दलित भएकैले षड्यन्त्र गरेर निकालिएको रहेछ ।’ प्रअ ढकाल र अध्यक्ष बजिमयले भने दलित भएकाले नभई कार्यसम्पादनमा चित्त नबुझेकाले राजीनामा दिन लगाएको बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?