कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हेलिकप्टरको पंखामा ठोक्किँदा तीर्थयात्रीको मृत्यु

कान्तिपुर संवाददाता

हुम्ला — नाम्खा गाउँपालिकास्थित हिल्सामा हेलिकप्टरको पंखामा ठोक्किएर एक तीर्थयात्रीको मृत्यु भएको छ । मानसरोवर कैलाश जान लागेका भारत, मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहता आफैं चढेको हेलिकप्टरको पंखामा ठोक्किन पुगेका हुन् ।

हेलिकप्टरको पंखामा ठोक्किँदा तीर्थयात्रीको मृत्यु

भारतीय दूतावासका अनुसार उनी कैलाश ट्रेक प्रालिमार्फत आएका हुन् । मेहता हिल्सा पुगेपछि हेलिकप्टरबाट ओर्लने क्रममा उनलाई पछाडिको घुमिरहेको पंखाले काटेको हो । उनी मनाङ एयरको ‘नाइन एन एम भी’ कलसाइनको हेलिकप्टरमा सिमकोटबाट उडेका थिए ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?