कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अपडेट : खुकुरी प्रहार गरी छोरा र भाइको हत्या, घाइतेलाई नेपालगञ्ज रिफर

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिम–बाबुको हसिया प्रहारबाट घाइते २ बालकलाई नेपालगञ्ज रिफर गरिएको छ । जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचारपछि १३ वर्षका प्रकाशसिङ विष्ट र ९ वर्षका दिनेश विष्टलाई थप उपचारको लागि नेपालगञ्ज पठाएको हो ।

अपडेट : खुकुरी प्रहार गरी छोरा र भाइको हत्या, घाइतेलाई नेपालगञ्ज रिफर

मुसीकोट नगरपालिका–१४, लोरिवाङका ३६ वर्षीय शंकर विष्टले बुधबार बिहान ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको हत्या गरेका थिए । उनले दुई छोरालाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।


छोरा, भाइको हत्या र २ छोरालाई घाइते बनाएपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको जनाइएको छ । शंकरले आफूमाथी पनि हसिया प्रहार गरेको खुलेको छ ।


शंकर तथा घाइते दुई छोरा १३ वर्षका प्रकाशसिङ विष्ट र ९ वर्षका दिनेश विष्टको जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचारपछि नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।


घटनाको विस्तृत विवरण अँझै खुली नसकेको डिएसपी खड्काले बताए । शंकरको २ वर्षदेखि मानसिक सन्तुलन गुमेको सुन्नमा आएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ३०, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?