१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
समाचार

News

नयाँ कानुनमा प्रेसलाई कडा अंकुश

मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको छ ।

नयाँ कानुनमा प्रेसलाई कडा अंकुश

आरुषी–हेमराज हत्याकाण्ड : दशकपछि फेरि बहसमा

भारतको सर्वोच्च अदालतले आरुषी–हेमराज हत्याकाण्डमा इलाहाबाद उच्च अदालतको फैसलाविरुद्ध परेको निवेदन सुनुवाइ गर्ने भएको छ । उच्च अदालतले छोरी आरुषी र घरेलु कामदार हेमराज बन्जाडेको हत्यामा राजेश र नुपुर तलवार दम्पतीलाई सफाइ दिएको थियो । 

आरुषी–हेमराज हत्याकाण्ड : दशकपछि फेरि बहसमा

टीआरसीद्वारा सरकारको ध्यानाकर्षण

सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ले सरकार संक्रमणकालीन न्याय व्यवस्थापनमा गम्भीर नभएको ठहर गर्दै स्थिति थप जटिल हुन नदिन प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको छ । 

टीआरसीद्वारा सरकारको ध्यानाकर्षण

भारतद्वारा ३० एम्बुलेन्स र ६ बस सहयोग

भारतको ७२औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले एम्बुलेन्स, बस र शैक्षिक सामग्री प्रदान गरेको छ । दूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस सहयोग गरेको हो ।

भारतद्वारा ३० एम्बुलेन्स र ६ बस सहयोग

अनियमिततामा मुछिएका व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति

अनियमिततामा मुछिएका र अख्तियारको कारबाही सिफारिसमा परेका एक सहसचिवलाई सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा नियुक्तिको निर्णय गरेको छ ।

अनियमिततामा मुछिएका व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति

विराटनगर महानगरले घटायो करको दर, नागरिकता र मृत्यु दर्ता नि:शुल्क

चौतर्फी विरोधपछि विराटनगर महानगरले महानगरवासीसँग असुल गर्ने करको दर घटाएको छ । महानगरले आर्थिक ऐन २०७५ ल्याएर गरेको कर वृद्धि बोर्ड बैठकले संशोधन गरेको हो ।

विराटनगर महानगरले घटायो करको दर, नागरिकता र मृत्यु दर्ता नि:शुल्क

प्रदेशलाई किन टेर्दैन स्थानीय तह ? 

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्‍यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ– ‘नीति, कार्यक्रम र स्वीकृत कानुनहरू यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ विद्युतीय प्रति (सफ्ट कपी) इमेलमा पठाउनसमेत भनिएको छ ।

प्रदेशलाई किन टेर्दैन स्थानीय तह ? 

पुनर्निर्माण प्राधिकरणको सीइओमा पुन: ज्ञवाली नियुक्त 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पुन: सुशील ज्ञवाली नियुक्त भएका छन् ।

पुनर्निर्माण प्राधिकरणको सीइओमा पुन: ज्ञवाली नियुक्त 

विश्वकप रंगशालामा नेपालीको मृत्यु

सन् २०२२ को लागि कतारमा हुन गइरहेको विश्वकप रंगशालाको लागि निर्माणधीन अल वक्रा रंगशालामा मोरङका २३ वर्षीय तेजनारायण थारुको मंगलबार बिहान मृत्यु भएको छ ।कतारस्थित नेपाली दूतावासका अनुसार थारुको रंगशालाभित्रै काम गर्नेक्रममा मृत्यु भएको हो ।

विश्वकप रंगशालामा नेपालीको मृत्यु

टीकापुर घटनाको सुनुवाई सुरु, भदौ २४ गते दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश

टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु भएको छ । कैलाली जिल्ला अदालतमा बुधबारदेखि घटनाको सुनुवाई प्रक्रिया सुरु भएको हो ।

टीकापुर घटनाको सुनुवाई सुरु, भदौ २४ गते दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश

नेपाल अष्ट्रेलिया सचिवस्तरीय संयन्त्रको पहिलो बैठक बिहीबार हुँदै

नेपाल र अष्ट्रेलियाका विदेश सचिवस्तरीय संयन्त्रको पहिलो औपचारिक बैठक भोली बिहीबार काठमाडौंमा हुने भएको छ ।

नेपाल अष्ट्रेलिया सचिवस्तरीय संयन्त्रको पहिलो बैठक बिहीबार हुँदै

मलेसिया अत्यन्तै सकारात्मक : श्रम मन्त्री

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट मलेसिया सरकार नेपालसँग श्रम सम्झौता अत्यन्तै सकारात्मक रुपमा अगाडि बढेको वताएका छन् ।

मलेसिया अत्यन्तै सकारात्मक : श्रम मन्त्री

अखिल नेपाल फुटबल संघकाे विशेष साधारणसभा सुरू

अखिल नेपाल फुटबल संघ (एन्फा)काे १७ अाैं विशेष साधारणसभा बुधबार साैराहामा सुरू भएकाे छ । प्रदेश-३ का मुख्यमन्त्री डाेरमणि पाैडेलद्वारा उद्घाटन गरिएकाे साधरणा सभाले विधानलाई संघीय प्रणाली अनुकुलकाे बनाउनुका साथै नियमावलीहरू पनि पारित गर्ने छ ।

अखिल नेपाल फुटबल संघकाे विशेष साधारणसभा सुरू

बाढीपहिरोको प्रकोप: हिमाली जिल्ला मनाङ जाने बाटो बन्द

निरन्तरको बाढी र पहिरोले मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध बनेको छ । चामे पुग्नै लाग्दाको कोतोक्षेत्रमा पहिरोले डेढसय सय मिटर सडक बगाएको छ । बेंसीसहरबाट जाँदा करीब साढे ३ किलोमिटर पर चनौटे नजिकै उत्तीसघारी खरखरेमा पहिरो झरेपछि चामेबाट आउने र बेंसीसहरबाट जाने सवारीसाधन अलपत्र परेको छ ।

बाढीपहिरोको प्रकोप: हिमाली जिल्ला मनाङ जाने बाटो बन्द

पहिरोले चार घर पुर्‍यो

भारी वर्षपछि आएको पहिरोले मालिका गाउँपालिका-२ विल्वाङमा दुई घर पुरेको छ । पहिरोमा परी ४२ वर्षीया मीना पुन घाइते भएकी छन । पहिरोले खगप्रसाद पुन, मीन पुन, चीजमान पुन र नोटबहादुर पुनको घर पुरिएको घटनास्थलबाट मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले जानकारी गराए ।  

पहिरोले चार घर पुर्‍यो

खोलाले बगाएको दुई मृत पेला, अर्का एक बेपत्ता

मोरङको ग्रामथान गाउँपालिका ३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् । पौडी खेल्ने क्रममा चार दिनअघि स्थानीय १७ वर्षीय मिथुनकुमार मण्डल र ३५ वर्षीय गोपाल मुडियारी बगेर बेपत्ता भएका थिए । दुबैको शव मंगलबार पेला परेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएको दुई मृत पेला, अर्का एक बेपत्ता

हाम्रा जनप्रतिनिधि हेलिकप्टरबाटै गाउँ–सहर

चुनावअघि पैदलै सदरमुकाम पुग्ने स्थानीय तहका जनप्रतिनिधि अहिले हेलिकप्टरमार्फत आउजाउ गर्न थालेका छन् । विशेष गरी सडक सञ्जालले नजोडिएका स्थानीय तहका जनप्रतिनिधिमा हेलिकप्टर मोह झाँगिएको छ । यद्यपि उनीहरू ‘आफ्नै खर्च’ मा चढेको दाबी गरिरहेछन् ।

हाम्रा जनप्रतिनिधि हेलिकप्टरबाटै गाउँ–सहर

‘विधेयकले बिरामीकै ज्यान जोखिममा’

मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुने अपराध संहितामा इलाजसम्बन्धी महलको व्यवस्थाले बिरामीहरूकै ज्यान जोखिममा पार्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

‘विधेयकले बिरामीकै ज्यान जोखिममा’

‘दलित भएकाले जागिर खोसियो’

दिक्तेल रुपाकोट मझुवागढी–१ स्थित सरस्वती आधारभूत निमाविकी कार्यालय सहयोगी वृन्दा विश्वकर्माले दलित भएकैले जागिरबाट निकालिएको भन्दै उजुरी दिएकी छन् । यसबारे अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

‘दलित भएकाले जागिर खोसियो’

सर्वोच्च अदालतको ठहर : विद्यालयको जग्गा भाडामा चरम लापरवाही 

प्रशस्तै जग्गा भएका विद्यालयहरुले भाडाामा लगाएर करोडौं आम्दानी गर्छन् । तर भाडामा लगाउँदा नियम प्रक्रिया पुरा नगर्ने मात्रै हैन आम्दानी पनि सदुपयोग नहुने देखिएको छ । सम्पत्तिका हिसाबले जिल्लाकै धनी मानिने चितवन माद्यामिक विद्यालयको जग्गा भाडा प्रकरणमा सर्वोच्च अदालते यो बेथिति उजागार गर्दै भाडाामा लगाउने तयारी नै रोक्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको ठहर : विद्यालयको जग्गा भाडामा चरम लापरवाही 

कोसी ब्यारेजमा अर्धसैनिक बल राख्न भारतको दबाब

कोसी ब्यारेजमा सुरक्षा चुनौती देखाउँदै भारतीय अधिकारीहरूले यहाँ आफ्ना अर्धसैनिक बल राख्न दबाब बढाएका छन् । इस्लामिक आतंकवादी संगठन लस्कर–ए–तोयबा, जैस–ए–मोहम्मद र पाक मुल इन्डियन मुजाहिद्धिनबाट सुरक्षा चुनौती रहेको भारतीय अधिकारीहरूको दाबी छ ।

कोसी ब्यारेजमा अर्धसैनिक बल राख्न भारतको दबाब

फोन गर्न डेढ घण्टा उकालो

कुशे गाउँपालिका ८, जिन्तालाकी जयकुँवारा सिंहले टेलिफोनमा कुरा गर्न नपाएको एक महिना बित्यो । उनको मोबाइलमा घण्टी बज्न छाडेको त महिनौं भइसक्यो । सिंहले सल्यानमा बस्ने छोरा रमेशसँग पनि फोन सम्पर्क नभएपछि डेढ घण्टा उकालो चढेर भाटकोट डाँडामा पुग्नु पर्ने बाध्यता छ ।

फोन गर्न डेढ घण्टा उकालो

हेलिकप्टरको पंखामा ठोक्किँदा तीर्थयात्रीको मृत्यु

नाम्खा गाउँपालिकास्थित हिल्सामा हेलिकप्टरको पंखामा ठोक्किएर एक तीर्थयात्रीको मृत्यु भएको छ । मानसरोवर कैलाश जान लागेका भारत, मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहता आफैं चढेको हेलिकप्टरको पंखामा ठोक्किन पुगेका हुन् ।

हेलिकप्टरको पंखामा ठोक्किँदा तीर्थयात्रीको मृत्यु

सिक्टामा अख्तियारको छानबिन

सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणकै क्रममा दुई पटक भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौंबाट आएको अख्तियार टोलीले नहर भत्किएको स्थानमै पुगेर निरीक्षण गरेको हो ।

सिक्टामा अख्तियारको छानबिन

बजेट विवादले परिषद् रोकियो

बजेट बाँडफाँटलाई लिएर जनप्रतिनिधिबीच विवाद लम्बिँदा रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाको परिषद् बस्न सकेको छैन । योजना छनोट र बजेट विनियोजन रोकिएको छ । परिषद्लाई लिएर केही दिनयता जनप्रतिनिधि र कर्मचारी विभाजित छन् ।

बजेट विवादले परिषद् रोकियो

बाढीले ४ घर सहित सयौं रोपनी खेत बगायो

नलगाड नगरपालिका- २, ३ र ४ स्थित झुप्रा खोलामा आएको बाढीले ४ घर सहित सयौं रापेनी खेत बगाएको छ । सोही नगरपालिकाऔ३, करुवाको जंगलबाट आएको पहिरोसँगै खोलामा बाढी आई करोडौको संरचनामा क्षति पुगेको हो । 

बाढीले ४ घर सहित सयौं रोपनी खेत बगायो

राज्य संरचना फेरबदलसँगै स्वास्थ्य क्षेत्रमा अलमल, ग्रामीण भेगमा औषधि ढुवानी ठप्प

डडेलधुराका स्वास्थ्यसंस्थामा बिरामी जीवनजलसम्म पाउँदैनन् । यता धनगढीको क्षेत्रीय गोदाम औषधिले भरिभराउ छ । जिल्ला अस्पताल दार्चुलामा पनि सलाइन अभाव छ । क्षेत्रीय गोदामका कर्मचारीलाई भने सलाइन थन्क्याउनै भ्याइनभ्याइ छ ।

राज्य संरचना फेरबदलसँगै स्वास्थ्य क्षेत्रमा अलमल, ग्रामीण भेगमा औषधि ढुवानी ठप्प

उर्लियो कालीगण्डकी, बगायो स्कुल

अविरल वर्षापछि कालीगण्डकी नदी उर्लेर बस्ती तर्फ पस्न थालेपछि मुस्ताङदेखि तलका सबै तटीय क्षेत्र वरपर बस्ने बासिन्दा त्रसित बनेका छन् । कालीगण्डकीमा बाढीको सतहबढेपछि अन्नपूर्ण गाउँपालिका-३ कोप्चेपानीस्थित ६ कोठे धौलागिरी आधारभूत विद्यालय बगाएको छ ।

उर्लियो कालीगण्डकी, बगायो स्कुल