३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दसौं सन्तानमा छोरा !

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका–२, डाँडाकटेरीकी डिल्ली शाहीसँग ९ छोरी थिए। ४० वर्षकाे उमेरमा उनले दुई दिनअघि दसौं सन्तान जन्माइन् ।

दसौं सन्तानमा छोरा !

‘सबैले छोरीमात्र जन्माई भनेर हेलाँ गर्थे, अब त सबैको मुख बन्द भएको छ,’ जिल्ला अस्पतालमा उनले भनिन्, ‘सुत्केरी हुँदाहुँदा ज्यान गले पनि घर परिवार र समाजका लागि छोरा जन्माएँ ।’


१६ वर्षको उमेरमा गाउँकै डिल्लीबहादुर शाहीसँग विवाह गरेकी उनका नौमध्ये ३ छोरीको विवाह भइसकेको छ । तिनीहरूबाट उनले नातिनातिनी पनि देखिसकेकी छिन् । कान्छी छोरी दुई वर्षकी छन् । ‘अब त सन्तानको रहर पुग्यो, बन्ध्याकरण (नरप्लान्ट राखेको पाखुरा देखाउँदै) पनि गरिसकें,’ उनले भनिन्, ‘अहिलेसम्मको दु:ख, पीडा पनि सबै बिर्सिसकियो ।’


सन्तानको रहर पुगेपछि उनले श्रीमानलाई भ्यासेक्टोमी गर्न आग्रह गरेकी थिइन् । तर, मानेनन् । त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीको आग्रहमा उनी आफैं अघि सरिन् नरप्लान्ट राख्न । स्वास्थ्यकर्मीले अब डिल्लीलाई थप सन्तान जन्माए आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्नेतर्फ सचेत गराएका पनि छन् ।


५० वर्षका श्रीमान् डिल्लीबहादुरले भने, ‘यति धेरै सन्तान जन्माउने रहर त थिएन, तर समाजलाई देखाउनकै लागि यस्तो जोखिम लिनुपर्‍यो ।’

डिल्लीबहादुरको आर्थिक स्थिति पनि त्यति राम्रो छैन । खेती–किसानी र ज्याला–मजदुरी गरेर शाही परिवारले परिवार पाल्दै आएको छ ।

प्रकाशित : श्रावण २२, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?