२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

रासस

काठमाडौँ — समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी कांग्रेसकाे केन्द्रीय समिति बैठक म‌ंगलबार बस्दैछ । 

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


बैठकमा पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन, आन्तरिक संगठन परिचालन, संसदीय सुनुवाइ समितिको निर्णय, केही दिन अघि कांग्रेसले मन्त्रीलाई प्रश्न सोध्न समय नपाउँदा प्रतिनिधिसभा बैठक बहिष्कारजस्ता विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित : श्रावण २२, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?