कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

शिक्षक पदपूर्ति पुरानै संरचनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा ऐन आठौं संशोधनपछि विद्यालय तहको संरचना परिवर्तन भइसकेको छ । शिक्षक सेवा आयोगले भने पुरानै संरचनाअनुसार शिक्षक पदपूर्ति गर्न लागेको छ ।

शिक्षक पदपूर्ति पुरानै संरचनामा

संशोधित ऐनअनुसार कक्षा १–८ आधारभूत र कक्षा ९–१२ माध्यमिक तह कायम भए पनि आयोगले पुरानै प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको संरचनाअनुसार शिक्षक पदपूर्ति गर्न लागेको हो । ‘विद्यालय तहको नयाँ संरचनाअनुसार शिक्षकको न्यूनतम शैक्षिक योग्यता स्नातक तह रहेको छ,’ शिक्षाविद् विद्यनाथ कोइराला भन्छन्, ‘तर फेरि पनि प्रावि, निमावि र मावि तहमै शिक्षक भर्ना गर्ने निर्णय गरिएछ ।’

पुरानो संरचनाअनुसार प्राथमिक तह पढाउने शिक्षकको न्यूनतम योग्यता कक्षा १२ उत्तीर्ण गरी तालिम प्राप्त गरेको हुनुपर्छ । माध्यमिक तह कक्षा १० सम्म पढाउन स्नातक पास गरेको हुनुपर्छ । यसअघि कक्षा ११ र १२ पढाउन स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था थियो । संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारको हो ।

विद्यालय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उसैको भए पनि स्थायी शिक्षक भर्ना गर्ने अधिकार प्रत्यायोजन नभएको विज्ञले बताएका छन् । आयोग अध्यक्ष ताना गौतमले संविधानको धारा ३१२ अनुसार शिक्षक पदपूर्ति गरिएको बताए । ‘संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिक पदपूर्तिको परीक्षा लिइसकेका छौं,’ उनले भने, ‘खुलातर्फ २५ प्रतिशतको आवेदन लिएका छौं ।’

प्रकाशित : श्रावण १३, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?