१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : नारायणकाजी श्रेष्ठ

'डा. केसीलाई प्रयोग गरेर सरकार असफल बनाउने चलखेल भयो'
हरिराम उप्रेती

गोरखा — नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता बनाएको बताएका छन् ।

डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : नारायणकाजी श्रेष्ठ

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन आएका श्रेष्ठले सोमबार पत्रकारसँग कुराकानी गर्दै वार्ताद्वारा खुला ढंगले छलफल गरेर समस्या समाधान गर्ने दोस्रो प्राथमिकता रहेको बताए ।

‘सरकारले वार्ता समिति बनाएको छ, छलफल गरेर समस्या समाधान गर्ने प्रक्रियामा छौं,’ उनले भने । राजनितिक दल र नागरिक समाज र आम समुदायलाई केसीको मुद्दामा राजनीतिकरण नगर्न उनले आग्रह गरे । ‘नेपालको चिकित्सा शिक्षा नीति कसरी गुणस्तरीय र जनमुखी बनाउने, त्यसमार्फत स्वास्थ्य सेवालाई सहज पहुँच भित्र ल्याएर गुणस्तरीय सेवा उपलब्ध गराउने कुरामा केन्द्रित भएर अघि बढौँ,’ उनले भने ।

केसीको माग सामुहिक विवेक प्रयोग गरेर समाधान गर्नुपर्ने उनको तर्क थियो । ‘मुख्यत: के आवश्यकता छ बिना पूर्वाग्रह छलफल गरौं,’ उनले भने । केसीको माग पुरा गर्न माथेमा प्रतिवेदनलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न सकिने उनले बताए ।

‘केसीले भनेको कुरा सरकारले ध्यानै नदिने भन्ने पनि होइन, केसीले भनेकाले जे–जे भनेको छ त्यहि त्यहि गर्ने भन्ने पनि होइन,’ उनले भने, ‘चिकित्सा शिक्षा निति कसरी गुणस्तरीय बनाउने विषय र मुद्दा माथि बिना पूर्वाग्रह छलफल गरिन्छ, समाधान निकालिन्छ यो नै सरकाको लाइन हो ।’ बिना पूर्वाग्रह छलफलबाट मुद्दाको सम्बोधन गर्न सरकार जिम्मेवार रहेको उनले बताए । ‘संसद भित्र प्रवेश गरेको विषयको अन्तिम निर्णय चाहीँ संसद नै हुन्छ,’ उनले भने ।


डा. केसीलाई प्रयोग गरेर सरकार असफल बनाउने चलखेल शुरु भएको उनले आरोप लगाए । ‘एकातिर डा. केसी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको मुद्दालाई लिएर आन्दोलनमा हुनुहुन्छ, तर उहाँलाई प्रयोग गरेर नेपालमा पहिलो पटक राजनीतिक स्थीरता र जनमुखी विकास दिने गरी सरकारले काम गर्न लागेको अवस्थामा राजनीतिक स्थीरता पनि हुन नदिने, जनताले निर्वाचित गरेको सरकारलाई अप्ठारो पार्न राजनीतिक चलखल पनि भइरहेका छन्,’ उनले भने ।

प्रकाशित : श्रावण ७, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?