कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डा. केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह

काठमाडौँ — केसीको समर्थनमा ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह सुरु भएको छ । सत्याग्रहमा अधिवक्ता अाेमप्रकाश अर्याल, कृष्ण पहाडी लगायत नागरिक समाजका अगुवाहरुकफ पनि सहभागिता रहेको अायोजकले बताएको छ ।

डा. केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह

केही समय अघिसम्म १०० जना बढीले सत्याग्रहमा बस्नका लागि नाम टिपाएर अनसनमा बसेका छन् । शनिबार अलायन्सले नयाँ बानेश्वरमा गरेको कोणसभामा नागरिक सत्याग्रहको घोषणा गर्दा २६० बढीले आफ्नो नाम टिपाएको आयोजकले जानकारी दिएको छ ।

सत्याग्रह बिहान १० देखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ । सत्याग्रहमा एेक्यबद्धता जनाउन कांग्रेस नेता गगन थापा पनि पुगेका छन् ।



प्रकाशित : श्रावण ६, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?