२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

द्वन्द्व पीडितलाई ३ करोड ४७ लाख 

भीमबहादुर सिंह

जाजरकोट — सशस्त्र द्वन्द्वका क्रममा विस्थापित, मृतक लगायत द्वन्द्व पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटले ३ करोड ४७ लाख राहत वितरण गरेको छ ।

द्वन्द्व पीडितलाई ३ करोड ४७ लाख 

प्रशासनले तत्कालीन द्वन्द्वको क्रममा विस्थापित भएका र मृत्युवरण गरेकालाई उक्त राहत वितरण गरेको हो । प्रशासनले २ सय ९१ घरपरिवारका एक हजार ४ सय ४१ लाई राहात वितरण गरेको स्थानीय शान्ति समिति कार्यालय सचिव ज्ञानेश्वर आचार्यले बताए ।


गत असार ३२ गतेसम्म निवेदन आएकालाई राहत वितरण गरेको आचार्यले बताए । प्रशासनले १ जना मृतक र अरु सबै विस्थापितलाई राहत वितरण गरेको छ ।


कार्यालयले द्वन्द्वपीडितका लागि आएको ६९ लाख रकम भने वितरण नगरेरै फिर्ता गरेको छ । बेपत्ता पारिएका र केहि विस्थापित सम्पर्कमा नआएपछि रकम फिर्ता गएको उनले बताए ।


प्रशासन कार्यालयमा द्वन्द्व पीडितका लागि ४ करोड १७ लाख निकासा आएको थियो । चार सय ९४ घरपरिवारका दुई हजार १ सय ७६ विस्थापित र ८ मृतक तथा बेपत्ताका लागि राहात उपलब्ध भएको थियो ।


मृतकका आफन्तलाई दुई लाख ५० हजार र विस्थापितलाई २५ हजारका दरले राहत वितरण भएको छ । विगतमा राहत रकम नपाएका र अपुग रकम लिएकालाई थप रकम वितरण गरेको सचिव आचार्यले बताए ।


विस्थापित शीर्षकमा राहत लिने एउटै घरका १० जना सम्म रहेका छन् । राहतका लागि सबै पीडितको आवेदन आउन नसकेको उनले बताए ।

प्रकाशित : श्रावण १, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?