२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । घटनामा ५ यात्रु गम्भीर घाइते भएका छन् । 

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

भैरहवाबाट बाग्लुङ्ग जाँदै गरेको लु१ख ७२७२ नम्बरको बस तानसेन नगरपालिका–८ मा दुघर्टनामा परेको हो ।


घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पाल्पाबाट नेपालगञ्ज छुटेको लु १ ख ८१२७ नम्बरको बसले घुम्तीमा साइड बढी च्याप्दा भैरहवाबाट आउदै गरेको बस तीव्र गतिमा भएकाले घुम्तीमा स्टेरिङ्ग मोड्न नसक्दा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ ।

प्रकाशित : असार २८, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?