हेटौंडा – कुलेखानी सडक अवरुद्ध

रासस

हेटौंडा — मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौंडा– कुलेखानी सडकखण्डकाे इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान पहिराे खस्दा हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ । 

हेटौंडा – कुलेखानी सडक अवरुद्ध

काठमाडाैंबाट आएका सवारी साधन पहिरो नजिक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ ।

दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए।

प्रकाशित : असार २८, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?