२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नारायणगढ–मुग्लिन सडककाे तीन ठाउँमा पहिरो

रमेशकुमार पौडेल

चितवन — रातिदेखि नै ठाउँ ठाउँमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडकमा मंगलबार बिहानैदेखि गाडी चल्न सकेका छैनन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार गाइघाट, घुमाउने र टोपे खोलामा पहिरो गएको छ ।

नारायणगढ–मुग्लिन सडककाे तीन ठाउँमा पहिरो

ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमकाअनुसार गाइघाटमा साेमबार राति पहिरो खसेकाे हाे । घुमाउने र टोपे खोलामा मंगलबार बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएकाे छ ।गाइघाट र टोपे खोलामा एकतर्फी गाडी चले पनि घुमाउनेमा पुरै ठप्प छ ।

चितवनमा साेमबार रातिदेखि लगातार पानी परेको छ । पानी परेसँगै मुग्लिन नारायणगढ सडकमा पहिरो खस्ने गर्छ । राजधानी काठमाडौं आउजाउ गर्ने यो सडकमा दैनिक १० हजार हाराहारीमा गाडी गुड्छन् । सडक दुई लेनको बनाउन पहाड काटेको ठाउँमा वर्षाका बेला पहिरो जाने समस्याले यात्रुहरूलाई निकै पिरोलेको छ ।

प्रकाशित : असार २६, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?