मुस्ताङ दुर्घटनाः २० जनाको शव पोखरा पठाइयो

रासस

फलेवास, पर्वत — हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो । बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नम्बरको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो ।

प्रकाशित : असार २३, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेसमा अब गुट रहदैन : देउवा

टीकाप्रसाद भट्ट

रामेछाप — पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रहेका सबै गुटको अन्त्यका लागि अभियान थालेको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले शनिबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले भने, ‘अब कुनै गुट रहदैन, त्यसैका लागि म दौडिरहेको छु ।’ 

सभापति देउवाले मुलुकमा एकदलीय तानाशाहको उदय हुने संकेत आएको भन्दै त्यसका विरुद्ध कांग्रेसले सडक र सदन दुवैतिर आन्दोलन गर्ने बताए। उनले विधिको शासन कुल्चेर केपी ओली नेतृत्वको सरकारले मुलुकमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए। कांग्रेसले सधैं रचनात्मक कामका लागि सरकारलाइ सहयोग गर्ने समेत उनले बताए। ‘लोकतन्त्रमा विरोध गर्ने स्थान दिनुपर्छ,’ उनले भने, ‘विरोध गर्न रोक्ने ठाँउ समेत नराख्ने गरी निषेधज्ञा लगाउनु अधिनायकवादको संकेत हो।’

उनले आफ्नो सरकारले गरेका विधिसम्मत निर्णय खारेज गरेकोमा आपत्ति जनाए। प्रदेश प्रमुखको नियुक्तिमा वैधानिकता उठिरहेको प्रसंगमा देउवाले भने, ‘सपथ खाउञ्जेल वैधानिक हुने, अहिले नहुने हुन्छ?’
चीनबाट अहिले नै रेल ल्याउने कुरा दिवासपना भएको भन्दै देउवाले ओली सरकार भारतसंग लम्पसार परेको आरोप लगाए।

प्रकाशित : असार २३, २०७५ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT