कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बाढी पहिरो पीडितलाई उचित प्रबन्ध गर्न राजपाको माग

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

बाढी पहिरो पीडितलाई उचित प्रबन्ध गर्न राजपाको माग

राजपा नेपालले बुधबार एक विज्ञप्तिमार्फत बाढी र पहिरो सम्भावित जोखिमयुक्त जिल्लालाई उच्च निगरानीमा राखी आपत्कालीन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई सक्रिय गर्न समेत माग गरेको छ । 'केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी भएको व्यापक जनधनको क्षतिप्रति राजपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यसमा सरकारको उदासीनता र अपर्याप्त राहत व्यवस्थाप्रति गम्भीर आपत्ति व्यक्त गर्दछौँ,' – विज्ञप्तिमा छ ।


जारी विज्ञप्तिमा राजपा नेपालका संयोजक महन्थ ठाकुरले बाढी र पहिरोमा परी ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।



प्रकाशित : असार २०, २०७५ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?