३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

१४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

रासस

काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन् । 

१४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँड रहेका छन् भने राजपा नेपालबाट राजकिशोर यादव छन् ।


बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत गरे । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते दिनको १ बजे बस्ने छ ।

प्रकाशित : असार २०, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?