कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

ससुराद्वारा बुहारी बलात्कृत 

बसन्तप्रताप सिंह

बझाङ — ससुरा नाता पर्ने एक जना छिमेकीबाट मष्टा गाउँपालिका–२ की एक महिला बलात्कृत भएकी छन् ।

ससुराद्वारा बुहारी बलात्कृत 

बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय ४० वर्षीय गोरख बुढालाई प्रक्राउ गरेको छ ।


श्रीमान नभएको मौका छोपेर मदिरा सेवन गरेका बुढाले घरको ढोका तोडफोड गरी आफूलाई बतात्कार गरेको ती महिलाको आरोप छ । पीडित महिलाका श्रीमान् मजदुरीको लागि भारतमा काम गर्न गएका छन् ।


घरमा कान सुन्दै नसुन्ने बुढी सासु र ६ महिनाको छोरा मात्र रहेको बताउँदै पीडित महिलाले भनिन्, ‘आइतबार राती करिब १२ बजेतिर ढोका फोडेर घरभित्र पसे र यौन सम्पर्क गर्न नदिए छोरालाई मार्ने धम्की दिदै बलात्कार गरे । ’ घटना लगतै गुहार मागेर आफू कराएपछि आरोपी भागेको उनको भनाई छ ।


आरोपी बुढालाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गगनसिंह भण्डारीले बताए । बुढालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको उनले बताए ।


बझाङमा १५ दिनको अवधिमा ३ वटा बलात्कारका घटना घटेका छन् । तल्कोट गाउँपालिकाकी सुस्तमनस्थितीकी बालिका बलात्कारको आरोप लागेका व्यक्ती हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

प्रकाशित : असार २०, २०७५ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×