कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

केसीको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति

छोटकरी

काठमाडौँ — कांग्रेसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सरकारले जुम्लामा गरेको गिरफ्तारीको विरोध गरेको छ ।

केसीको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा संसद्मा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगत्मा क्रमश: हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्नेजस्ता क्रमिक शृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको उल्लेख गरिएको छ ।

‘सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति विल्कुलै स्वाभाविक हुन्छ भने न्यायोचित माग राखेर गरिने अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रूपमा लिइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा, कि निश्चित नियतका साथ प्रस्तुत हुँदै गएको पछिल्लो उदाहरण चिकित्साशास्त्र विधेयक बनेको उल्लेख गर्दै सरकारको अलोकतान्त्रिक चरित्रविरुद्ध आफ्नो पार्टी सडक र संसद्मा उत्रने चेतावनीसमेत दिएको छ ।

‘सरकारले समयमै सच्चिनु र जिम्मेवार ढंगले अघि बढ्न सुझाव दिनु हाम्रो कर्तव्य हो । तर सरकार गम्भीर बनेन भने संसद्, सडक, प्रेस, सामाजिक सन्जाल र अनशनसमेतको चौतर्फी दबाब झेल्न कठिन हुने चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा छ ।

प्रकाशित : असार १९, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?