कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नारायणगढ-मुग्लिन सडकमा आज पनि पहिरो, बाटो अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — मंगलबार झरेको पहिरोका कारण ११ घण्टासम्म अवरुद्ध नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएर गाडी बन्द भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार आज बिहान साढे ६ बजे चार किलोमा ठुलो पहिरो गएको हो । 

नारायणगढ-मुग्लिन सडकमा आज पनि पहिरो, बाटो अवरुद्ध

पहिरो हटाउन कम्तिमा १० बजेसम्म समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

ट्रफिक प्रहरीले वैकल्पिक मार्ग अपनाउन यात्रुहरुलाई अपिल गरेको छ । हिजो मुग्लिनबाट नजिकै रहेको टोपे खोला आडको नाम्चीमा बिहान पाँच बजे गएको पहिरो अपरान्ह चार बजे मात्रै सफा भएर गाडी खुलेका थिए । पहिरो सफा गरेर बाटो खुले पनि सडकमा जथाभावी साइड लागेर गाडी रोकेका कारण सहज ढंगले गाडी चल्न सकेका थिएनन् ।


ट्राफिक प्रहरी निरीक्षक गौतमका अनुसार सडक अवरुद्ध भएपछि बाटोमा रोकिएका गाडीहरुले चार बजे बाटो खुले पनि राति अढाई बजेसम्म नारायणगढ मुग्लिन छिचोल्न सकेका थिएनन् । गाडी पुरै पार नहुँदै राति फेरि कालिखोलामा पहिरो गएको थियो । त्यसपछि चार किलो ठुलो पहिरो गएको हो ।


पहिरोका कारण सोमबारदेखि नै नारायणगढ मुग्लिन सडकमा सहज रुपमा गाडी चल्न सकेका छैनन् । राजधानी काठमाडौंको लाइफ लाइन मानिने यो सडकमा दैनिक हज्जारौं गाडी ओहर दोहर गर्दछन् ।




प्रकाशित : असार १३, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?