कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

रेस्टुरेन्ट व्यावसायी अकबर शाह सुन तस्करीको आरोपमा पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न बनेको विशेष समितिले पुल्चोकस्थित लबिम मलमा रेस्टुरेन्ट संचालन गर्दै आएका व्यवसायी अकबर शाहलाई पक्राउ गरेको छ । संगठित सुन तस्करीमा अकबरको पनि मिलेमतो रहेको समिति स्रोतको दाबी छ ।

रेस्टुरेन्ट व्यावसायी अकबर शाह सुन तस्करीको आरोपमा पक्राउ

अकबर शाह काठमाडौंको लाजिम्पाटमा केही वर्ष पहिले गोली हानी हत्या गरिएका संचार उद्यमी जमिम शाहका नातेदार समेत हुन् । उनले लामो समयसम्म जमिमको सहयोगीका रुपमा स्पेश टाइम नेटवर्क अन्तरगत संचालित च्यानल नेपाल र स्पेश टाइम दैनिकमा समेत काम गरेका थिए ।


मंगलबार मात्रै समितिले विमल पोदारलाई डिल्लीबजारमा नियन्त्रणमा लिएको थियो ।


डिल्लीबजारमा रहेको एक अर्पाटमेन्टको १६ औं तल्लामा एड्रेस लाउन्ज संचालन गर्ने पोदार यसअघि हुण्डी र विदेशी मुद्राको अवैध कारोवारमा समेत मुछिएका थिए ।


समिति स्रोतका अनुसार बिहिबार पक्राउ परेका अकबरसँग आज बयान लिने काम भइरहेको छ ।


प्रकाशित : असार ८, २०७५ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?