कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विभेद गर्न संविधानले रोक लगाएको छ : मुख्यमन्त्री पौडेल 

चितवन — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कसैले कसैलाई विभेदकारी नीति अवलम्बन गर्न संविधानले रोक लगाएको बताएका छन् ।

विभेद गर्न संविधानले रोक लगाएको छ : मुख्यमन्त्री पौडेल 

मुस्लिम इत्तेहाद संगठन र मुस्लिम मुक्ति मोर्चा, चितवनले मंगलबार संयुक्त रुपमा गरेको ‘इद मिलन’कार्यक्रममा पौडेलले कुनै जाति, वर्ग, धर्म र संस्कृतिलाई होच्याउने काम कसैले गर्न नसक्ने बताए ।


‘संविधानले नै सबैलाई बराबरीको अधिकार दिएको छ, समावेशी बनाएको छ, सबैका अधिकारलाई स्थापित गरेको छ’, उनले भने, ‘कसैले केही कुरा गर्‍यो भन्दैमा डराउनुपर्ने छैन । कसैले विभिन्न ढंगका कुरा गरेर समामाजिक सद्भाव बिगार्न खोज्छ भने हामी सबैले प्रतिवाद गर्नुपर्छ ।’


संविधानअनुसारका अधिकार दिलाउन प्रदेश सरकार सक्रिय भएको बताउँदै उनले सबै जातजाति, धर्म, वर्ग र समुदायले औंला ठड्याउने र विभेद गर्‍यो भन्ने खालको काम आफूबाट नहुने विश्वाससमेत दिलाए । सबै मिलेर अघि बढेमात्र मुलुकको समृद्धि र जनता सुखी हुने उनको विश्वास छ ।


इत्तेहाद संगठनका उपाध्यक्ष ताजमोहम्मद मियाँले मुस्लिमहरुका अधिकारमाथि खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराए । ‘त्याग, तपस्या र आन्दोलनमा होमिएका आधारमा पाएका अधिकारमा तलमाथि भयो भने मुस्लिमले सहेर बस्दैनन्,’ उनले भने ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका संगठनका अध्यक्ष सेराज अहमद फारुकीले सरकारले मुस्लिमका बिदा कटौती गरेर लाखौं मुस्लिमको दिल दु:खाएकाले त्यसमा पुन:विचार गर्न ध्यानाकर्षण गराए ।


प्रकाशित : असार ६, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?