कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीन साथमा छ : राष्ट्रपति सी 

सुधीर शर्मा

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहने बताएका छन् । 

नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीन साथमा छ : राष्ट्रपति सी 

प्रधानमन्त्री केपी ओलीसंग बुधबार दिउँसो भएको भेटवार्ताका क्रममा उनले उक्त कुरा बताएका हुन् ।


ग्रेट हल अफ दी पिपुलमा भएको दुई देशको प्रतिनिधि मण्डलसहितको बार्तामा राष्ट्रपति सीले नेपालले एक चीन नीति अख्तियार गरिहरेकोमा र नेपाली भूमिबाट कुनैपनि चीन विरोधी गतिविधि हुन नदिएकोमा आभार प्रकट गरे ।


उनले नेपालले नयाँ संविधान पाएको र निर्वाचनमार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरेर स्थायित्वतिर अघि बढेकोमा समेत खुशी प्रकट गरे ।

बार्ता करीब ५५ मिनेट भएको थियो भने यसैबीच प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल बार्ता पनि भएको थियो । बार्तामा दुई पक्षीय हित र सहयोग अदानप्रदानका बिषय छलफल भएको बताइएको छ ।


राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र नेपालको विकासमा साझेदार बन्न आफु तयार रहेको पनि बताए ।


प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई पुन: पाँच वर्षको लागि निर्वाचित भएकोमा बधाई दिएका थिए ।


प्रधानमन्त्री ओली छ दिने चीन भ्रमणमा छन् । उनी मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका हुन् ।

प्रकाशित : असार ६, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?