सुन तस्करीको अनुसन्धानका क्रममा व्यापारी विमल पोदार पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — संगठित सुन तस्करी माथि अनुसन्धान गर्न बनेको बिशेष समितिले व्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

सुन तस्करीको अनुसन्धानका क्रममा व्यापारी विमल पोदार पक्राउ 

पोदारलाई बा८च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडीसहित नियन्त्रणमा लिइएको बताइएको छ ।


उच्च प्रहरी स्रोतका अनुसार पोदरको बुधबार दिउँसो गृह मन्त्रालयमा वयान जारी छ ।


समितिले संगठित रुपमा हुँदै आएको सुन तस्करीको अनुसन्धान गरिरहेको छ । यही सिलसिलामा समितिले झण्डै चालिस जनाबिरुद्ध संगठित अपराध, हत्या तथा तस्करीको अभियोगमा मुद्दा चलाइसकेको छ ।

प्रकाशित : असार ६, २०७५ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?