कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बाबुद्वारा बलात्कृत

कमल पन्थी

गुलरिया — बढैयाताल—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले  १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बाबुद्वारा बलात्कृत

माईत आएकी छोरीलाई गत वर्ष कार्तिकदेखि उनले पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेश सिंह महताले श्रीमान् विदेश गएको मौका छोपी माईत बसेकी छोरीलाई बाबुले जवरजस्ती करणी गर्दे आएका थिए ।


थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको प्रनि महताले बताए ।


श्रीमान् विदेशबाट फर्केपछि बाबु विरुद्ध छोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ५, २०७५ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?