कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

संसद‌्‌मा दुईवटा संयुक्त समिति गठन हुने

काठमाडौँ — संघीय संसद‌्‌मा दुवै सभाका सदस्यहरू रहने गरी दुईवटा संयुक्त समिति रहने तय भएको छ । संंघीय संसदको संयुक्त बैठक र समितिहरूको कार्यसञ्चालन नियमावली मस्यौदा आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गरिएको छ ।

संसद‌्‌मा दुईवटा संयुक्त समिति गठन हुने

उक्त मस्यौदाअनुसार संघीय संसद‌्‌मा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वहरूको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति संयुक्त रूपमा रहनेछन् ।


संयुक्त बैठकले नियमावली पारित गरेपछि संयुक्त समिति गठनको बाटो खुल्नेछ । यी दुवै समिति १५ सदस्यीय हुनेछन् । जसमा प्रतिनिधिसभाबाट १२/१२ र राष्ट्रिय सभाका ३/३ जना सदस्य रहनेछन् । संघीय संसदभित्र अब बन्ने दुई संयुक्त समितिसहित कुल १६ समिति हुनेछन् ।


प्रतिनिधिसभाअन्तर्गत १० र राष्ट्रिय सभामा ४ वटा समिति हुनेछन् । प्रतिनिधिसभा र राष्ट्रिय सभासम्बन्धी नियमावली यसअघि नै पारित भइसकेका छन् ।


मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलका अनुसार जनमतसंग्रहसम्बन्धी व्यवस्था पनि नियमावलीमा प्रस्ताव गरिएको छ । कुनै पनि विषयमा जनमतसंग्रह भए त्यससम्बन्धी व्यवस्था दुई तिहाइबाट पारित गर्नुपर्नेछ ।


संयुक्त बैठकको आहवान, बैठक सञ्चालनलगायत विधि नियमावलीमा छन् । नियमावलीमाथि संशोधन हाल्न सोमबार र मंगलबार दुई दिन समय दिइएको छ । संसदका महासचिवलाई सांसदहरूले नियमावली संशोधनको सूचना दिन सक्नेछन् ।

प्रकाशित : असार ३, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?