कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खुल्यो शिक्षक विज्ञापन

काठमाडौँ — अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगित गरेको शिक्षक सेवा आयोगले खुलातर्फ १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन गरेको छ । आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमाविमा १ हजार ६ सय ३५ र माविमा १ हजार १ सय ८ संख्यामा विज्ञापन खुलाइएको हो ।

खुल्यो शिक्षक विज्ञापन

विवादित अस्थायी शिक्षकको आन्तरिक परीक्षा र खुला प्रतिस्पर्धा सँगसँगै लिने गरी विज्ञापन गरिएको आयोगले जनाएको छ । ‘खुलाको विज्ञापन भएपछि स्थगित अस्थायी शिक्षकको परीक्षा मिति पनि तोक्छौं,’ उनले भने । खुलातर्फ मावि, निमावि र प्रावि तहको परीक्षा क्रमश: आगामी असोज ११, १२ र १३ गते तोकिएको छ ।

खुलातर्फ २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको रिक्त दरबन्दीको विवरणका आधारमा विज्ञापन खुलाइएको हो । अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएकाले खुला प्रतिस्पर्धा गर्न पाउनेछन् । आन्तरिकतर्फ २०७२ अघि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको दरखास्त लिइसकिएको छ । प्राथमिक तहमा २०६९ सालपछि स्थायी शिक्षक छनोटका लागि खुला प्रतिस्पर्धा हुन लागेको हो ।

निम्न माध्यमिक र माध्यमिक तहमा भने २०७१ र २०७२ सालमा पनि आयोगले परीक्षा लिएर शिक्षक स्थायी गरेको थियो । यसअघि आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने भन्दै आयोगले अस्थायी शिक्षकको गत चैत २३ का लागि तोकिएको परीक्षा स्थगित गरेको थियो ।

प्रकाशित : असार ३, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?