ट्रेड युनियन कांग्रेसमा पौडेल र सिटौला पक्षकाे प्यानलै

काठमाडौँ — नेपाल ट्रेड युनियन कांग्रेसकाे छैटौं महाधिवेशनबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलानिकट प्यानल विजयी छ । शनिबार सम्पन्न मतगणनामा पौडेल–सिटौला पक्षका अध्यक्ष उमेद्वार पुष्कर आचार्यकाे प्यानल नै विजयी भएको हो ।

ट्रेड युनियन कांग्रेसमा पौडेल र सिटौला पक्षकाे प्यानलै

आचार्यले ८ सय १८ मत र निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५ सय ३३ मत ल्याएका छन् ।


यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन् ।


यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएका छन् ।


दाहाल र आचार्य दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवारले जितेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका दाहालको प्यानलबाट खुल्ला सदस्य धु्रवचन्द्र गौतममात्र विजयी भएका छन् ।


एक हजार ४ सय २० मतदाता रहेको ट्रेड युनियन कांग्रेसमा एक हजार ३ सय ९८ मत खसेको थियाे ।

प्रकाशित : असार २, २०७५ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?