कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ट्रम्प र किमबीच चार बुँदे सम्झौता [पूर्णपाठसहित]

सीएनएन

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे 'बृहत्' सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्प र किमबीच चार बुँदे सम्झौता [पूर्णपाठसहित]


सीएनएनले उल्लेख गरेको सम्झौता-पत्रको पूर्ण पाठ :

अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरिया (डीपीआरके)का सर्वोच्च नेता किम जोङ उनबीच २०१८, जुन १२ सिंगापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता सम्पन्न भयो ।


राष्ट्रपति ट्रम्प र नेता किमबीच अमेरिका र डीपीआरके (उत्तर कोरिया) बीच नयाँ र दिगो सम्बन्धका स्थापित गर्नुका साथै कोरियन प्रायद्वीपमा शान्ति स्थापनाका लागि बृहत् छलफल भयो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा प्रादन गर्नका आफू कटिवद्ध भएको बताए भने नेता किमले पनि आणविक नि:शस्त्रीकरणमा आफू पूर्णरुपमा प्रतिबद्ध रहेको बताए ।

अमेरिका र उत्तर कोरियाबीच नयाँ सम्बन्ध विस्तार भएसँगै त्यसले कोरियन प्रायद्वीपमा मात्रै नभई विश्वमा नै शान्ति स्थापनाका हुनेमा दुवै देशका नेता विश्वस्त भएको र त्यसलाई आत्मसात गरेर आपसी विश्वास बढाएमा कोरियन प्रायद्वीपको आणविक नि:शस्त्रीकरण अगाडि बढ्ने भएकाले राष्ट्रपति ट्रम्प र नेता किमबीच उल्लेखित बुँदाहरुमा सहमति भयो :

१. अमेरिका र उत्तर कोरियाले दुवै देशका जनताहरुको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धीका लागि नयाँ आपसी सम्बन्ध विस्तार गर्ने ।

२. अमेरिका र उत्तर कोरियाले कोरियन प्रायद्वीपमा दिगो शान्ति स्थापनाका लागि संयुक्त प्रयास गर्ने ।

३. २०१८, अप्रिल २७ मा जारी भएको पानमुनजोम घोषणापत्र अनुसार उत्तर कोरिया कोरियन प्रायद्वीपको पूर्ण आणविक नि:शस्त्रीकरणको प्रकृयामा अगाडि बढ्ने ।

४. अमेरिक र उत्तर कोरियाले युद्धका बेला बनाइएका बन्दीहरुलाई दुवै देशले क्रमश: रिहा गर्ने । पहिचान भइसकेका बन्दीहरुलाई भने तुरुन्तै रिहा गरिने ।

अमेरिका–उत्तर कोरिया वार्ता यस प्रकारको इतिहासकै पहिलो भएको र यसले दशकौंदेखि दुई देशबीच चलिरहेको द्वन्द्व र शत्रुतालाई अन्त्य गर्दै सम्बन्धका नयाँ आयामहरु खोलेका कारण यस दुई पक्षीय सम्झौताका बुँदाहरु पालना गर्न राष्ट्रपति ट्रम्प र नेता किम पूर्ण रुपमा कटिबद्ध रहने छन् ।

यस शिखर वार्ताका सम्झौताहरुलाई अगाडि बढाउनका लागि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता हुने र अमेरिकाको तर्फबाट सो वार्ताको नेतृत्व विदेशमन्त्री माइक पोम्पेओले गर्न र उत्तर कोरियाका तर्फबाट उपयुक्त उच्च अधिकारीले छिट्टै मिति तय गरेर वार्ता हुने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन दुवै अमेरिका र उत्तर कोरियाबीचको नयाँ सम्बन्ध विस्तार गर्दै कोरियन प्रायद्वीपमा शान्ति, समृद्धी र सुरक्षित वातावरण स्थापनाका लागि कटिबद्ध रहने समझदारी भयो ।


डोनाल्ड जे ट्रम्प

अमेरिकी राष्ट्रपति

किम जोङ उन

प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता


जुन १२, २०१८

सेन्तोसा टापू

सिंगापुर


प्रकाशित : जेष्ठ २९, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?