१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महिनावारी बार्न छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु

मेनुका ढुंगाना

अछाम — अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको  महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ । 

महिनावारी बार्न छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु

छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो । पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन । साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन् । परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो ।


पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन् । उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो । तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए ।


छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए । तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन् ।


गत पुसमा मात्र सोही गाउँपालिका ३ भैरवस्थानको लकाद्रा की २२ वर्षकी गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो । छाउपडी गोठमा सुतेको अवस्थामा २०६३ सालयता मात्रै १३ जना किशोरी तथा महिलाले ज्यान गुमाईसकेका छन् ।


प्रकाशित : जेष्ठ २८, २०७५ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?