कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

ब्राउन सुगर सहित तीन जना पक्राउ

रमेशचन्द्र अधिकारी

धनकुटा — लागु औषध ब्राउन सुगर सहित धनकुटाको हिले बजारबाट पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

ब्राउन सुगर सहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ कुवापानीका २५ वर्षीय सुमन तामाङ सोहि नगरपालिका-५ aस्ने २६ वर्षका निश्चल तिवारी र ७ का २४ वर्षीय केनेडी राई रहेको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । हिलेमा ब्राउन सुगर बेचविखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।


पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा तामाङको साथबाट ४ ग्राम ५० मिलिग्रामको १६ पोका, तिवारीसँग ५ सय ४० मिलिग्राम बराबरको ५ पोका फेला परेको उल्लेख गरिएको छ । राई भने दुई जनाबाट लागु औषध खरिद गर्ने अभियोगमा पक्राउ परेको जनाइएको छ । पक्राउ परेका तामाङको साथबाट ६ हजार २ सय नगद बरामत गरिएको छ भने रमेश पौडेलको नाममा रहेको को २५ प६३३८ नम्बरको मोटरसाइकल समेत जफत गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना उपर लागु औषध ऐन अन्तरर्गत अदालतबाट पाँच दिनको लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । जिल्लामा लागु औषध कारोबार बढेको जनगुनासो चुलिएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिब अढाई सय बोट गाँजा नष्ट गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?