कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्रीद्वारा सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोग निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

गृहमन्त्रीद्वारा सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग

नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए ।


भेटमा राजदूत होङले नेपालमा चीनविरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए । उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालीम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।


राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएका थिए । उनले गृहमन्त्रीका रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको बताएका गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?