राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा

रासस

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना भएका छन् । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वेदश फर्किएका घिमिरे शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आइतबार बिहान भर्ना भएका हुन् ।

राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा

राष्ट्रकवि घिमिरेलाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले जानकारी दिए ।


“शनिबार साँझदेखि उहाँको फेरि सानो आन्द्राबाट रक्तस्राव भयो”–उनले भने, “उहाँको जुन समस्या थियो, त्यसमा सुधार भएको देखिएन, अनि बिहान उहाँलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ ।” ग्राण्डी अस्पतालसँग आन्तरिक रक्तस्राव रोक्ने उपचार पद्धति नभएकाले उनलाई अन्यत्र लैजान सुझाव दिइएको डा शर्माले बताए ।


अहिले राष्ट्रकवि घिमिरेको ग्राण्डीस्थित उच्च हेरविचार इकाई (हाइकेयर युनिट) मा उपचार भइरहेको छ । उनी १० दिनको उपचारपश्चात भारतबाट शनिबार मात्र स्वदेश फर्किएका थिए । उनलाई उपचारका लागि यही जेठ ९ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको थियो । राष्ट्रकवि घिमिरे करिब चार महिनादेखि अस्वस्थ रहँदै आएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?