१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सिलिगुडीबाट ३२ किलो सुनसहित तीन पक्राउ

पर्वत पाेर्तेल

काँकडभिट्टा — यहाँ ३३ किलो सुन हराएको काण्ड चर्चामा रहेकै बेला भारतको सिलिगुडीबाट ३२ किलो सुनसहित तीन भारतीय पक्राउ परेका छन्  ।

सिलिगुडीबाट ३२ किलो सुनसहित तीन पक्राउ

भारतको केन्द्रीय राजश्व गुप्तचर विभागको टोलीले शुक्रबार अपरान्ह सिलिगुडीको सेवोक रोड क्षेत्रबाट सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार पक्राउ पर्नेमा प्रवीण समराव फदम, धनाजी साहेव राव वावर र अक्षय हरिदास छन् । तीनै जना महाराष्ट्रका बासिन्दा हुन् ।

उनीहरुले कम्मरमा वाँधिएको विशेष किसिमको पेटीभित्र लुकाएर सुन तस्करी गरी महाराष्ट्र लैजान लागेका थिए । उक्त सुन चीनबाट नाथुला मार्ग हुँदै सिलिगुडी भित्रिएको प्रहरी अनुमान छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?