ऐन परिमार्जनसँगै युवाको उमेर घटाइँदै

छोटकरी

काठमाडौँ — सरकारले युवाको अधिकतम उमेर घटाउने भएको छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार १५ देखि २९ वर्ष उमेरलाई युवा मानिन्छ । नेपालमा भने ४० वर्षसम्मलाई युवा मानिएको छ ।

ऐन परिमार्जनसँगै युवाको उमेर घटाइँदै

‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार अब राष्ट्रिय युवा परिषद् ऐनमा युवाको उमेर घटाउने दिशामा छौं,’ युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले भने, ‘अब संघीय संरचनाअनुरूप कानुन संशोधन मस्यौदा तयार भएका छन् । व्यवस्थाअनुसार ऐन तथा युवा नीति परिमार्जनसहित युथ भिजन कार्यान्वयन गर्नेछौं ।’ उनले बिहीबार सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । पहिलोपटक, २०६६ सालमा राष्ट्रिय युवा नीति जारी भएको थियो । नीतिमा उल्लेख हरेक पाँच वर्षमा परिमार्जन गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?