कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मणिग्राममा गोली चल्यो एक युवा घाइते

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा राममणी क्याम्पस नजीक एक युवामाथि गोली प्रहार भएको छ । 

मणिग्राममा गोली चल्यो एक युवा घाइते

अज्ञात समुहले गरेको गोली प्रहारबाट मजदुरीमा संलग्न रामकेश धवल घाइते भएका हुन् । ढाडमा गोली लागेका घाइतेको अवस्था गम्भीर रहेको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । कोटहीमाई गाउँपालिका ४ का ४१वर्षे धवलले राममणी क्याम्पस नजीकै रहेको निर्माणाधिन घरमा निर्माण मजदुरीको काम गर्दै आएका थिए ।


प्रहरी प्रमुख ज्ञवालीका अनुसार रोटी बनाउदै गरेका धवलमाथि साझ करिब ७:५० मा गोली लागेको थियो । गोली प्रहारबाट गम्भीर बनेका धवललाई उनका साथी र स्थानीयले उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगेको छ । गोली कसले किन हानेको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख ज्ञवालीले बताए । गोली हान्ने व्यक्ति तथा समूहको खोजीका लागि घटना पछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?