कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन तस्करी काण्डमा वहालवाला डिएसपी प्रजित केसी पनि नियन्त्रणमा

जनकराज सापकोटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि हराएको भनिएको ३३ किलो अवैध सुन अनुसन्धानको सिलसिलामा अर्का एक वहालवाला प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको छ । 

सुन तस्करी काण्डमा वहालवाला डिएसपी प्रजित केसी पनि नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी प्रजित केसीलाई नियन्त्रणमा लिएर हिरासत कक्षमा राखेको छ । प्रजित तिनै डिएसपी हुन्, जो मोरङ उर्लाबारीका सनम शाक्य हत्याको घटना अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाबाट सई बालकृष्ण सञ्जेललाई लिएर मोरङ पुगेका थिए ।


केसी नेतृत्वको अनुसन्धान शंकाको घेरामा परेपछि केही साताअघि सई सञ्जेल, डिएसपी केसी र अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको थियो ।


सुन तस्करीबारे चलेको अनुसन्धानका क्रममा मोरङ जिल्ला अदालतमा बयान दिन शुक्रबार केसी हवार्इ मार्गबाट विराटनगर पुगेका थिए ।


यी पनि पढ्नोस् ।

सुन तस्करी काण्ड : एसपीसहित तीनजनालाई अनुसन्धान गर्न ६ दिन म्याद थप

३३ किलो सुन तस्करी प्रकरण : गृहमन्त्रालयबाटै एसपी विकासराज खनाल नियन्त्रणमा

३३ किलो सुन प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला नियन्त्रणमा

सुन तस्करीको लहरो : पहरो गर्जने संकेत


प्रकाशित : वैशाख १६, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?