कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काँकडभिट्टा–ढाका बस सेवा

बंगलादेशको राजधानी ढाकाबाट वैशाख १० गते काँकडभिट्टाका लागि बस छु्ट्ने
पर्वत पाेर्तेल

काँकडभिट्टा — सम्झौता भएको करिब ३ वर्षपछि बंगलादेश, भारत र नेपालबीच सोझो बस सेवा सञ्चालन हुने भएको छ ।

काँकडभिट्टा–ढाका बस सेवा

नेपालसहितका चार देश बंगलादेश, भुटान र भारतबीच सोझो बस सेवा सञ्चालनका लागि सन् २०१५ जुनमा ‘बीबीआईएन मोटर भेइकल’ सम्झौता भएको थियो । तर, भुटानले भने यो सम्झौतामा हस्ताक्षर गरेको छैन ।

सोही सम्झौताअनुसार परीक्षणका रूपमा बस सेवा सञ्चालन गर्न लागिएको हो । मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले सम्झौताअनुरूप पहिलोपटक वैशाख १० देखि १३ गतेसम्म बंगलादेश, भारत र नेपालबीच बस सेवा सञ्चालन गर्न लागिएको बताए ।

बंगलादेशको राजधानी ढाकाबाट वैशाख १० गते काँकडभिट्टाका लागि बस छु्ट्नेछ । बस सेवा शुभारम्भका लागि भन्सार प्रमुख अर्यालसहितको एउटा प्रतिनिधिमण्डल ९ गते ढाका पुग्नेछ । ढाकाबाट छुटेको बस भारतको फूलबारी, पानीट्यांकी हुँदै काँकडभिट्टा प्रवेश गर्नेछ ।

बीबीआईएन मोटर भेइकल सम्झौतापछि नै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेका रूपमा विकास गर्ने उद्देश्यका साथ स्तरोन्नति गरिरहेको छ । बंगलादेश क्षेत्रको सडक स्तरोन्नति लगभग सकिएको छ । भारतीय क्षेत्रमा भने अझै काम जारी छ । आकाशेपुलसहित चार लेनको सडक निर्माण गरिएको छ ।

नेपालले विगत २० वर्षदेखि व्यापारिक मार्गका रूपमा प्रयोग गर्दै आएको काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्गबाटै बस सेवा सञ्चालन गर्न भारत तथा बंगलादेश सहमत भएका हुन् । सन् २०११ मा यो नाकाबाट भारतले समेत बंगलादेशसँग व्यापार सुरु गरेको छ । सन् २०१५ देखि फूलबारी नाकामा अध्यागमन नै खडा गरिएको छ । विगतमा च्याङ्ग्राबन्ध नाकामा मात्रै अध्यागमन थियो । तर, फूलबारी–बंगलाबन्धको चहलपहलपछि यो नाकामा पनि अध्यागमन कार्यालय नै स्थापना गरिएको हो । अब यो नाका व्यापारिक मार्गका रूपमा मात्रै सीमित रहने छैन । यात्रु बस नै सञ्चालन गरेपछि यसको महत्त्व अझ बढेर जाने विश्वास नेपाल–बंगलादेश व्यापार संघका अध्यक्ष पन्नालाल जैनको छ । ‘सोझो बस सम्पर्कले बंगलादेशीलाई नेपाल आउन र नेपालीहरूलाई बंगलादेश जान सहज हुनेछ,’ जैनले बताए ।

प्रकाशित : वैशाख ६, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?