नेटवर्किङ व्यवसायी पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — पिरामिड शैलीको नेटवर्किङ व्यवसाय गरेको आरोपमा आइबोस ग्लोबल मार्केटिङका अध्यक्ष राजकुमार दंगाललाई प्रहरीले पक्राउ गरेको छ । 

नेटवर्किङ व्यवसायी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार साँझ आइबोस ग्लोबल मार्केटिङको काठमाडौं चाबहिल चुच्चे पार्टीस्थित केन्द्रीय कार्यालयबाट दंगाललगायतलाई पक्राउ गरेको हो । काभ्रे पाँचखाल घर भएका दंगालले सन् २०१५ आइबोस संस्था चलाउँदै आएका थिए ।


उक्त संस्थाले जडिबुटीजन्य र विभिन्न शक्तिवद्र्धक औषधि, स्याम्पो, साबुन, ग्रिन–टीजस्ता सामग्री बिक्री वितरण गर्ने गरेको संस्थाको वेबसाइटमा उल्लेख छ ।


आइबोस संस्थाले नेपालका अलावा मलेसिया, भारत, कतार, यूएईमा पनि आफ्नो सञ्जाल विस्तार गरेको छ ।


प्रकाशित : वैशाख ४, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?