२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिँदैन : डा. शेखर कोइराला

रासस

चितवन — कांग्रेस नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । 

नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिँदैन : डा. शेखर कोइराला

सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए ।


कांग्रेस सभापित शेरबहादुर देउवाप्रति कडा प्रतिक्रिया दिदै उनले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको आरोप लगाए । ‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन,’ उनले भने, ‘पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ । जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन ।’


विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने भन्दै उनले एक वर्ष ११ महिना समय रहेको भन्दै विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे ।


फरक प्रसंगमा कोइरालाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको बताए । ‘नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो ।’ उनले भने ।

डेढ वर्षअघि नै रेलको सर्भेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको उनको दाबी थियो ।


कोइरालाले अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको भन्दै नेपालको अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले नै प्रभावित पारेको आरोप लगाए ।

उनले जनआन्दोलनपछि भएका सरकारमा अर्थ मन्त्रालयको नेतृत्व ७६ प्रतिशत कम्युनिष्ट र २४ प्रतिशत काँग्रेसले गरेको भन्दै अर्थतन्त्र बिगार्ने काममा काँग्रेस नभएर कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप लगाए ।

प्रकाशित : चैत्र २६, २०७४ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?