साथीबाटै लुटिएपछि ......

पर्वत पाेर्तेल

काँकडभिट्टा — भारतमा २ लाख रुपैयाँ लुटिएपछि दोलखा ठूलो पाटनका २८ वर्षीय दिपेन्द्र तामाङ वेखर्ची भएका छन् ।

साथीबाटै लुटिएपछि ......

सिक्किमको गान्तोकमा ४ वर्षदेखि भरिया काम गर्दै आएका तामाङले सोमवार दिउँसो मात्रै आफू लुटिएको थाहा पाए । नेपाल प्रवेश गर्ने क्रममा पानीटंकी नजिकै नाकाका सुरक्षाकर्मीले चेकजाच गर्ने क्रममा पो उनले आफू लुटिएको थाहा पाए ।

एसएसवीले चेक गर्न खोज्दैथ्यो । उनले आफूसंग २ लाख भारु रहेको जानकारी गराएका थिए । एसएसवीले त्यत्रो पैसा लैजान नमिल्ने बताउदैथ्यो । उनले ‘चिया खर्च’ दिने शर्तमा पैसा लैजाने बातावरण बनाउदै थिए । एसएसपी जवानले उनको झोलावाट पैसा जस्तै वनाएर राखेको कागजको बन्डल झिकेपछि उनी वेहोस भए । ‘भाइ पैसा यही हो भन्दा म त वेहोस भएछु’, दिपेन्द्रले विलौना सुनाए,‘अग्लो छाँगावाट खसेझै भयो ।’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सम्पर्कमा पुगेका उनले घटनाको वृत्तान्त सुनाए । संगै काम गर्ने भरिया साथीहरु रामकाजी राई र लुंगा राईवाट आफू लुटिएको दिपेन्द्रले दावी गरे । ‘नेपाल फर्किने राति तीनै जना बसेर पैसा गनेका थियौ’, उनले भने,‘तिनीहरुले नै मलाई लुटेका हुन् ।’

विहान गान्तोकबाट गाडी चढाउन पनि आएका थिए उनीहरु । हिड्ने बेलामा झोकाभित्र हात हालेर छाम्दा पैसा छ भन्ने लाग्यो उनलाई । तर, जब सुरक्षाकर्मीले जाँच गर्दा कागजको बन्डल फेला पऱ्यो त्यसपछि दिपेन्द्रको होस हवास नै उडेको छ ।

भुकम्पले घर भत्काएपछि उनी भरिया काम गर्न सिक्किम गएका थिए । सिक्किम, दार्जिलिङमा सयौ नेपाली भरियाहरु छन् । अधिकांश दोलखा, रामेछापका छन् । खासमा भुकम्पले भत्किएको घर बनाउनका लागि उनले दिनरात पसिना बगाएर खाइनखाइ २ लाख भारु जम्मा गरेका थिए ।

इलाका प्रहरी कार्यालयका डीएसपी टंक भट्टराईले लुटिएर बेखर्ची बनेका तामाङलाई प्रहरीहरुबाटै ३ हजार रुपैयाँ संकलन गरी बाटो खर्च दिएर घर पठाइएको जानकारी दिए । भट्टराईले भने, ‘लुटिएको पैसा खोजतलास गरिदिन सिक्किम प्रहरीलाई समन्वयका लागि अनुरोध पनि गरेका छौं ।’

प्रकाशित : चैत्र १९, २०७४ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?