राराबाट पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री

ओलीले भने– यो सरकारले देश बनाउँछ, २–३ वर्षमा मानिसहरूले नेपाल सिंगापुरजस्तो भन्नेछन्
– अब हरेक अभियान ‘हमला’ शैलीमा गर्छौं
– कर्णालीको पहिलो पर्यटक मै हुन्छु
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा पहिलो औपचारिक सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री भएपछि देशवासीका नाममा सम्बोधन गर्ने चलन छ । ओलीले अहिलेसम्म औपचारिक सम्बोधन गरेका छैनन् ।

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने मिति र स्थानबारे बुधबार जानकारी दिएका हुन् । पर्यटन वर्ष २०७५ को उद्घाटन राराबाट हुन लागेकाले त्यसको शुभारम्भ गर्न आफू जाने र त्यहीँबाट देशवासीका नाममा सम्बोधन गर्ने ओलीले बताए ।

‘कर्णाली प्रदेशले आयोजना गर्न लागेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु,’ अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।’ आउँदो वर्षलाई सरकारले पर्यटन वर्षका रूपमा मनाउँदै छ । यस क्रममा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।

समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ,’ ओलीले भने, ‘यो सरकारले नेपाल बनाउँछ । केही वर्षमा मानिसले नेपाललाई सिंगापुर र स्विट्जरल्यान्डजस्तो भन्नेछन् ।’ प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताए ।

‘यसपालिको भर्ना अभियानमा म एक जना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरका जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउँछु,’ ओलीले भने, ‘यसपालि वैशाख ५ गते निरक्षरताविरुद्ध हमला गरौं ।’

प्रकाशित : चैत्र १४, २०७४ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिक्षिका निष्कासित

कान्तिपुर संवाददाता

संखुवासभा — सदरमुकाम खाँदबारीको हिमालय मावि केन्द्रमा एसईई परीक्षामा चिट चोराएको भेटिएपछि एक निरीक्षक निष्कासित भएकी छन् ।

बुधबार भएको सामाजिक विषयको परीक्षामा निरीक्षक कविता राईले चिट चोराएको भेटिएपछि निष्कासित गरिएको हो ।

उनले मोबाइल प्रयोग गरेर विद्यार्थीलाई चिट चोराउँदै गर्दा जिल्ला परीक्षा समितिले रङ्गे हात पक्राउ गरेको थियो । उनलाई तत्काल परीक्षा केन्द्रबाट निष्कासित गरेको जिशिअ चेतकुमार पोखरेलले बताए ।

प्रकाशित : चैत्र १४, २०७४ २०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×