कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

काभ्रेलाई प्रदेश राजधानी तोक्न प्रस्ताव दर्ता

नगेन्द्र अधिकारी

हेटौंडा — काभ्रेलाई प्रदेश राजधानी तोक्न ३ नम्बर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

एमाले सांसद चन्द्रबहादुर लामा प्रस्तावक र सांसदहरु बसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक रहेर प्रस्ताव दर्ता गरिएको हो ।

काभ्रेलाई प्रदेश राजधानी तोक्न प्रस्ताव दर्ता

प्रदेशसभा सचिवालयमा हेटौंडाको अस्थायी मुकाम सार्न पहिलोपटक औपचारिक प्रस्ताव दर्ता गरिएको हो ।


संविधानको धारा २८८ को उपधारा (२) अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्नेछ ।


प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधारलगायतका दृष्टिकोणले काभ्रेको बनेपा, पनौति र धुलिखेल नगरपालिकास्थित आईटी पार्क रहेको स्थानमा प्रदेश राजधानी तोक्न काभ्रेका प्रदेशसभा सांसदहरुले प्रस्ताव गरेका छन् ।




प्रकाशित : चैत्र १४, २०७४ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?